काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्र विभाजनको आशंका बढिरहेका बेला उनले विधानअनुसार हुने विशेष महाधिवेशनले पार्टीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
अनलाइनखबरसँग कुरा गर्दै शर्माले भने, ‘विशेष महाधिवेशन हुन्छ, पार्टी फुट्दैन।’ पुस २७ र २८ गते हुने भनिएको विशेष महाधिवेशनका लागि भृकुटीमण्डपको हल बुकिङ गरिएको छ।
यसअघि २९ असोजमा २ हजार ४८८ प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरिएको थियो। मागकर्ताहरूले हस्ताक्षर संख्या अझै बढ्ने दाबी गरेका छन्।






प्रतिक्रिया