२०८३, २३ जेष्ठ आईतबार

आजदेखि अंग्रेजी नयाँ वर्ष, इस्वी संवत् २०२६ सुरु : संसारभर कार्यक्रम हुँदै

आजदेखि अंग्रेजी नयाँ वर्ष, इस्वी संवत् २०२६ सुरु : संसारभर कार्यक्रम हुँदै


काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवत् २०२६ सुरु भएको छ। सन् २०२५ लाई बिदाइ गर्दै विश्वभर नयाँ वर्ष २०२६ को स्वागतका लागि विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्।

इस्वी संवत्को सुरुवात येशू ख्रीष्ट (Jesus Christ) को जन्मसँग सम्बन्धित मानिन्छ। पछि पोप ग्रेगोरी तेह्रौँले जुलियन पात्रोको सट्टा सुधारिएको ग्रेगोरियन पात्रो लागू गरेपछि जनवरी १ लाई नयाँ वर्षका रूपमा मनाउन थालिएको हो।

नेपालमा पनि केही वर्षयता अंग्रेजी नयाँ वर्ष उत्साहका साथ मनाउन थालिएको छ। काठमाडौंको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडक, पोखरा, सौराहा र लुम्बिनीमा विदेशी पर्यटक र स्थानीयहरूको बाक्लो उपस्थितिमा ‘न्यु इयर इभ’ कार्यक्रम आयोजना गरिएको छ।

बुधबार साँझदेखि नै काठमाडौंका प्रमुख पर्यटकीय र व्यस्त क्षेत्रहरूमा सांगीतिक कार्यक्रम, नृत्य, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक गतिविधिहरू भइरहेको थियो। मानिसहरूले एक–अर्कामा शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्षको अवसरमा शान्ति, समृद्धि र खुशीको कामना गरेका छन्।

विश्वभर पनि न्यू योर्क, लण्डन, टोकियो, सिड्नी, पेरिस लगायत शहरहरूमा भव्य आतिशबाजी, सांगीतिक कार्यक्रम र सांस्कृतिक उत्सव आयोजना गरिएको छ। यसले मानिसहरूलाई नयाँ वर्षको उत्सव मनाउने अवसर मात्र नभई सांस्कृतिक आदान–प्रदानको माध्यम पनि प्रदान गरेको छ।

प्रकाशित मिति : २०८२, १७ पुस बिहीबार  २ : २२ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति