२०८२, १७ पुस बिहीबार

एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली

एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली


काठमाडौं। नेपालबाट एक वर्षको अवधिमा १५ लाख २३ हजार नेपाली विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार सन् २०२५ मा अध्ययन, श्रम, पर्यटन र व्यवसायका उद्देश्यले ठूलो संख्यामा नेपालीले देश छाडेका हुन्।

विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालका अनुसार सोही अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश फर्किएका छन्। यसले विदेशिने र फर्किने दुवै संख्या उल्लेख्य रहेको देखाउँछ।

नेपालीहरू वैदेशिक रोजगारीका अतिरिक्त उच्च शिक्षा, व्यवसाय तथा पर्यटनका लागि पनि विदेश जाने गरेका छन्। कोरोना महामारीका बेला घटेको विदेशिने क्रम पछिल्ला वर्षहरूमा पुनः बढ्दै गएको विभागले जनाएको छ।

यस्तै, सन् २०२५ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने ९ लाख ८२ हजार ५६१ जना विदेशी नेपालबाट फर्किएका तथ्यांक छ।

विदेशिने नेपालीको संख्या निरन्तर बढ्दै जाँदा यसले श्रम बजार, रेमिट्यान्स तथा जनसांख्यिक संरचनामा दीर्घकालीन प्रभाव पार्ने देखिएको छ।

प्रकाशित मिति : २०८२, १७ पुस बिहीबार  ८ : १२ बजे

एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली

काठमाडौं। नेपालबाट एक वर्षको अवधिमा १५ लाख २३ हजार नेपाली

अडियोदेखि बैंक लेनदेनसम्म, ७ प्रमाणले थुनामा पुगे पूर्वमन्त्री गुप्ता

काठमाडौं। पोखराको लिचीबारी जग्गा प्रकरणमा घुस लिएको अभियोगमा विशेष अदालतले

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास