२०८२, १६ पुस बुधबार

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ। यस सम्झौताले विदेशबाट नेपालमा भित्रिने रकमलाई अझ सजिलो, सरल र विश्वासिलो बनाउने उद्देश्य राखेको छ।

स्मार्ट पे मार्फत साइप्रस, ग्रीस, पोर्चुगल र अन्य युरोपेली देशमा रहेका नेपालीहरूले MBL REMIT प्रयोग गरी नेपाल पठाएको रकम बैंकका १६५ शाखा, शाखारहित सेवा, ११ एक्सटेन्सन काउन्टर र २० हजारभन्दा बढी एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सक्नेछन्। साथै, रेमिट्यान्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था पनि गरिएको छ।

स्मार्ट पे तर्फबाट मुख्य सञ्चालन अधिकारी स्टेफनी इसाबेल हेराक्लिओस र माछापुच्छ्रे बैंक तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्याल ले सम्झौतामा हस्ताक्षर गरेका छन्।

स्थापना कालदेखि माछापुच्छ्रे बैंकले आधुनिक प्रविधिमा आधारित सेवाहरू लागू गर्दै आएको छ। हाल बैंकसँग १६५ शाखा, ८८ शाखारहित सेवा, ११ एक्सटेन्सन काउन्टर र १९९ एटीएम मार्फत १८ लाखभन्दा बढी ग्राहकलाई सेवा उपलब्ध छ।

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  ६ : ३७ बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो