२०८३, ८ भाद्र मंगलबार

नेपाल इतिहासकै कठिन मोडमा छ : एमाले उपमहासचिव भट्टराई

नेपाल इतिहासकै कठिन मोडमा छ : एमाले उपमहासचिव भट्टराई


काठमाडौं, पुस १६ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको बताउनुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले अहिलेको अवस्थालाई सामान्य राजनीतिक उतार–चढावका रूपमा मात्र हेर्न नहुने उल्लेख गर्नुभयो। उहाँका अनुसार यस संकटबाट बाहिर निस्कन गम्भीर समीक्षा, धैर्य र जिम्मेवार राजनीतिक निकास आवश्यक छ।
‘यतिबेला नेपाल राष्ट्र, नेपाली जनता, लोकतन्त्र, संविधान, राजनीतिक दल र स्वयं हामी व्यक्तिहरू पनि इतिहासकै कठिन क्षणबाट गुज्रिरहेका छौँ,’ उहाँले लेख्नुभएको छ, ‘यस अवस्थालाई सही दिशामा लैजान गम्भीर समीक्षा र धैर्य अनिवार्य छ।’

यही पृष्ठभूमिमा नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको एजेण्डा अघि सारिएको भट्टराईको दाबी छ। उक्त प्रस्तावले राजनीतिक वृत्त, सञ्चारजगत, बौद्धिक समुदाय तथा आम जनसमुदायमा व्यापक बहस सिर्जना गरेको उहाँले बताउनुभयो।
‘हामीले अघि सारेको प्रस्तावले नेपालको राजनीतिक वृत्त, सञ्चारजगत, बुद्धिजीवी तथा आम जनसमुदायको पर्याप्त ध्यानाकर्षण गरेको छ,’ उहाँले उल्लेख गर्नुभएको छ।

उपमहासचिव भट्टराईले पार्टी पंक्तिलाई विचलित नहुन आग्रह गर्दै एमालेको एकता जोगाउने दिशामा सबैले आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ।
‘म पार्टीका सम्पूर्ण कमरेडहरूलाई विचलित नहुन र आफ्नो तर्फबाट पार्टी एकताका पक्षमा भूमिका निर्वाह गर्न अनुरोध गर्दछु,’ उहाँको भनाइ छ।

उहाँले आफूहरूले उठाएका मुद्दा केवल आन्तरिक शक्ति सन्तुलनका लागि नभई जनभावनासँग प्रत्यक्ष जोडिएको दाबी पनि गर्नुभएको छ।
‘हामीले उठाएका मुद्दाले जनताको दिलबाट समर्थन प्राप्त गरेको छ,’ भट्टराईले लेख्नुभएको छ, ‘निकट भविष्यमै पार्टी पंक्तिबाट पनि यी प्रस्तावहरू अनुमोदन हुनेछन्।’

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  ९ : ३९ बजे

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद