२०८३, ११ कार्तिक बुधबार

कांग्रेसको समानुपातिक बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व छैन

कांग्रेसको समानुपातिक बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व छैन


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा देशका १३ जिल्लाको प्रतिनिधित्व नपरेको पाइएको छ। कांग्रेसको बन्दसूचीमा ७७ मध्ये ६४ जिल्लाबाट मात्रै उम्मेदवार समावेश छन्।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी बागमती प्रदेशका चार जिल्ला-ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चितवन-बाट कसैलाई पनि उम्मेदवार बनाइएको छैन। यस्तै कोशी र गण्डकी प्रदेशका तीन–तीन जिल्ला, लुम्बिनीका दुई तथा कर्णाली प्रदेशको एक जिल्ला बन्दसूचीबाट बाहिर परेका छन्।

कोशी प्रदेशका धनकुटा, ओखलढुंगा र खोटाङ, गण्डकीका मनाङ, म्याग्दी र लमजुङ, लुम्बिनीका पूर्वी रूकुम र प्युठान तथा कर्णालीको जुम्लाबाट कांग्रेसले समानुपातिक उम्मेदवार सिफारिस गरेको छैन।

मधेश र सुदूरपश्चिम प्रदेशका भने सबै जिल्लाबाट प्रतिनिधित्व भएको देखिन्छ। मधेश प्रदेशमा धनुषाबाट सबैभन्दा बढी ६ जना बन्दसूचीमा परेका छन्। धनुषाकै डा. चन्द्रमोहन यादवको नाम बन्दसूचीमा दोहोरिएको छ। उनी पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा हुन्।

सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलाली र कञ्चनपुरबाट दुई–दुई जना तथा बाँकी सात जिल्लाबाट एक–एक जनाको नाम बन्दसूचीमा समावेश गरिएको छ।

प्रकाशित मिति : २०८२, १६ पुस बुधबार  ९ : ३७ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता