२०८२, १४ पुस सोमबार

मिडियाबाट चुनाव प्रचार गर्न पाउने, अनलाइनमा सःशुल्क विज्ञापन जनाउनुपर्ने

मिडियाबाट चुनाव प्रचार गर्न पाउने, अनलाइनमा सःशुल्क विज्ञापन जनाउनुपर्ने


काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई सञ्चारमाध्यममार्फत् सीमित रूपमा चुनावी प्रचार–प्रसार गर्न पाउने व्यवस्था गरेको छ।

निर्वाचन आचारसंहिता, २०८२ अनुसार टेलिभिजन, रेडियो तथा एफएमबाट २४ घण्टामा बढीमा चार पटक र प्रत्येक पटक एक मिनेटसम्म प्रचार सामग्री प्रसारण गर्न पाइनेछ। पत्रपत्रिकामा भने एक दिनमा कुनै एउटा पत्रिकामा मात्र चार कोलम × २५ सेन्टिमिटर उचाइसम्म प्रचार सामग्री छाप्न सकिनेछ।

अनलाइन सञ्चारमाध्यमबाट रोडब्लक, ब्यानर, कन्टेन्ट ब्लक लगायतका माध्यम प्रयोग गरी प्रचार गर्न पाइने भए पनि सबै सामग्रीमा ‘सःशुल्क विज्ञापन’ उल्लेख गर्न अनिवार्य गरिएको छ। प्रचार–प्रसारमा लागेको खर्च निर्वाचन खर्च विवरणमा समावेश गर्नुपर्ने र विदेशी सञ्चारमाध्यममार्फत प्रचार गर्न नपाइने आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  ११ : ३२ बजे

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर

रास्वपा केन्द्रीय समितिद्वारा रवि-बालेन सहमति अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

जेन-जी घटनामा बयान दिन सिंहदरबार पुगे रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक जेन-जी

जसपा फुट्यो : रेणु यादव उपेन्द्रसँग फर्किन्

काठमाडौं । जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राईको पार्टी

युक्रेन युद्ध टुंग्याउने संकेत : ट्रम्पको दाबी-शान्ति सम्झौता अब धेरै टाढा छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको