अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
स्थानीय स्रोत अनुसार म१च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा परी परशुराम नगरपालिका–१० का २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको छ।
दुर्घटनामा अछामको पञ्चदेवल नगरपालिका–३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएकी छन्। उनका अनुसार उनको अवस्था गम्भीर भएपछि जोगबुडा अस्पतालबाट धनगढी रेफर गरिएको छ। अटोमा चालकसहित तीन जना सवार थिए।
प्रहरीका अनुसार अटो चालक गोपाल मगर फरार छन् भने जिप चालकलाई नियन्त्रणमा लिइएको छ। जिपमा सवार तीनै जना सकुशल रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय जोगबुडाले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।






प्रतिक्रिया