२०८२, १२ पुस शनिबार

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम


काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ः४५ बजे गरिएको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस कायम भएको छ। शुक्रबार सोही समयमा उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस थियो।

शुक्रबार भने बिहान ८ः४५ बजे पुनः मापन गर्दा न्यूनतम तापक्रम घटेर ५.० डिग्री सेल्सियस पुगेको थियो। आज पनि आधिकारिक न्यूनतम तापक्रम बिहान ८ः४५ बजे पुनः मापन गरिने मौसमविदले बताएका छन्। सो समयमा तापक्रम हालको भन्दा थप घट्ने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले काठमाडौँसहित देशका विभिन्न स्थानमा हरेक दिन न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्दछ। महाशाखाका अनुसार न्यूनतम तापक्रम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ। सबैभन्दा कम मापन भएको तापक्रमलाई न्यूनतम र सबैभन्दा बढी मापन भएको तापक्रमलाई अधिकतम तापक्रम मानिने मौसम महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८२, १२ पुस शनिबार  ९ : १० बजे

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको

प्रतिनिधिसभा निर्वाचनः को–को पर्छन् अस्थायी मतदाता ?

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा