२०८२, १६ चैत्र मंगलबार

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु


काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालयको निरीक्षण गरेको छ।

मंगलबार गरिएको निरीक्षणका क्रममा समितिका सदस्य तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न राजनीतिक दलहरूको सहयोग र सहभागिता अपरिहार्य रहेको बताए। उनले सुशासन कायम र भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर रहेको उल्लेख गरे।

समितिका संयोजक तथा कानुनमन्त्री अनिलकुमार सिन्हाले आन्दोलनका क्रममा पार्टी भवनमा क्षति पुगे पनि मुलुकलाई निकास दिन दलहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले निर्वाचनलाई सहज बनाउन दलहरूको अपेक्षा सम्बोधन गर्न सरकार तयार रहेको बताए।

छलफलमा कांग्रेस उपसभापति धनराज गुरुङले पार्टी निर्वाचनबाट नभाग्ने स्पष्ट पार्दै निष्पक्ष र सुरक्षित वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे। निर्वाचन तयारीमा केही कमजोरी देखिएको उल्लेख गर्दै उनले सरकारसँग सहमति गरेका समूहहरूलाई पनि विश्वासमा लिनुपर्ने धारणा राखे।

सरकारले केही दिनअघि सञ्चारमन्त्री खरेल, कानुनमन्त्री सिन्हा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको तीन सदस्यीय उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको हो। समितिले अन्य राजनीतिक दलका कार्यालयको पनि क्षति संकलन र निरीक्षण गर्ने जनाएको छ।

प्रकाशित मिति : २०८२, ८ पुस मंगलबार  १ : ४६ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा