काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार काठमाडौंमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सर्वप्रथम शपथ ग्रहण गरेपछि उनले पार्टीका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहबाट बनेका उम्मेदवारहरूको स्पष्ट वर्चश्व देखिएको छ।
एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष ओली र ईश्वर पोखरेलको प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। मतदानपछि सार्वजनिक परिणामले ओली समूहको बहुमत पुष्टि गरेको छ।
शपथ ग्रहणसँगै एमालेको नयाँ नेतृत्व औपचारिक रूपमा कार्यभार सम्हाल्ने चरणमा प्रवेश गरेको छ।





प्रतिक्रिया