२०८३, ८ भाद्र मंगलबार

बबरमहल बम विस्फोट काण्डका दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

बबरमहल बम विस्फोट काण्डका दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित


विराटनगर । बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर भएका श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई पार्टीले निलम्बन गरेको छ। प्रहरीद्वारा पक्राउ परेपछि पार्टी अध्यक्ष हर्क साम्पाङको नेतृत्वमा उनलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको हो।

पार्टी अध्यक्ष साम्पाङले अनुसन्धानमा कुनै किसिमको बाधा नपुगोस् भन्ने उद्देश्यले तामाङलाई अनुसन्धान टुंगो नलाग्दासम्मका लागि निलम्बन गरिएको जानकारी दिए। उनले राजनीतिक गतिविधिका कारण पक्राउ गरिएको भन्ने दाबी भए पनि प्रहरीको अनुसन्धानमा पार्टीले हस्तक्षेप नगर्ने स्पष्ट पारे।

पक्राउ परेका तामाङ ‘विश्व क्रान्ति’ उपनामले संयुक्त जातीय मुक्ति मोर्चा नामक संगठनमा सक्रिय रहेको खुलेको छ। उक्त संगठनमा रहँदा काठमाडौंसहित देशका विभिन्न स्थानमा बम विस्फोट गराएको अभियोग उनीमाथि लागेको छ।

प्रहरीका अनुसार उक्त संगठनले २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा बम विस्फोट गराएको थियो। सो घटनामा तीन जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए।

त्यसैगरी, पाँचथरमा एक जनाको ज्यान जाने गरी भएको अर्को बम विस्फोट घटनामा पनि तामाङ संलग्न रहेको आरोप छ। तत्कालीन समयमा संयुक्त जातीय मुक्ति मोर्चा भूमिगत रहेर हिंसात्मक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ।

यसअघि पक्राउ परेर जेल चलान भएका तामाङ २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीपछि रिहा भएका थिए। उनी पाँचथरमा एक बालिकाको ज्यान जाने गरी भएको बम विस्फोट काण्डमा पक्राउ परेका थिए।

प्रकाशित मिति : २०८२, २ पुस बुधबार  २ : ४३ बजे

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद