२०८३, ११ कार्तिक बुधबार

एमाले महाधिवेशन : बन्दसत्र सुरु, अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्बोधन

एमाले महाधिवेशन : बन्दसत्र सुरु, अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्बोधन


काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ। भृकुटीमण्डपमा केहीबेर अघिबाट बन्दसत्र सुरु भएको हो। बन्दसत्रको प्रारम्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूलाई सम्बोधन गरिरहेका छन्।

आज बिहान ९ बजे सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठक लगायतका कारण ढिलो गरी दिउँसो ३ बजेपछि मात्रै सुरु भएको हो।

यसअघि शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो। बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनका केही निर्णय उल्ट्याउने निर्णय गरेको छ।

केन्द्रीय कमिटी बैठकले पार्टीको संगठन संरचनामा संशोधन गर्दै केन्द्रीय सदस्यको संख्या बढाउने तथा स्थायी कमिटीलाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ।

बन्दसत्रमा पार्टीको राजनीतिक प्रतिवेदन, सांगठनिक संरचना, नेतृत्व चयन प्रक्रिया तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने जनाइएको छ।

प्रकाशित मिति : २०८२, २८ मंसिर आईतबार  ३ : ४७ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता