२०८३, ८ भाद्र मंगलबार

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको पहिचान खुल्याे, आठ जना घाइते

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको पहिचान खुल्याे, आठ जना घाइते


पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल चिउरेबासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। मृत्यु भएका तीनमध्ये दुई जनाको मात्र पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार शुक्रबार बिहान अरूणखोलाबाट रामपुरतर्फ गइरहेको लेकबेसी यातायातको लु १ ज ३९०८ नम्बरको जिप घुम्ती नजिकबाट करिब १२ सय मिटर तल खसेको थियो। दुर्घटनामा निस्दी–७ की ३६ वर्षीया हेमकुमारी सारु र निस्दी–४ की ओमकुमारी खाम्चाको पहिचान खुलिसकेको छ। अर्की मृतक महिलाको पहिचान भने खुल्न बाँकी छ।

जिप उकालो सडकमा यात्रु चढाइरहेको बेला पछाडि गुडेर खसेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। दुर्घटनामा जिप चालक टेकबहादुर गाहा मगर (४०), मध्यबिन्दु–१२, पूर्वी नवलपरासीसहित आठ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको उपचार पूर्वी नवलपरासीस्थित मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा भइरहेको छ भने तीन जनाको अन्य स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थल दुर्गम भेगमा रहेकोले उद्धारमा समय लागेको प्रहरीले बताएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८२, २६ मंसिर शुक्रबार  ४ : ३७ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र