२०८३, ११ कार्तिक बुधबार

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ


काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्की लाई पक्राउ गरेको छ।

सिनामंगलस्थित कोठामा बस्दै आएका कार्कीले आइतबार दिउँसो सुतेकै अवस्थामा रहेको छोराको घाँटी रेटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जन्मिँदा नै ब्रेन ट्युमरको समस्या रहेको बालकलाई हत्या गरिएको खुलेको छ। घटनापछि कार्कीले आफ्नी श्रीमतीलाई पनि कुटपिट गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराई का अनुसार कार्कीलाई आइतबार बेलुकी नियन्त्रणमा लिइएको छ। उनी भद्रकाली प्रहरी हिरासत मा राखेर सोधपुछ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर आवश्यक प्रमाण संकलन गरिरहेको छ र घटनाको प्रकृति अनुसार कानुनी प्रक्रिया अघि बढाउने तयारीमा छ।

प्रकाशित मिति : २०८२, २२ मंसिर सोमबार  १० : १५ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता