२०८३, ३१ बैशाख शुक्रबार

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन


वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ। नयाँ बजारले शहरमा थोकबजारको अभाव पूर्ति गर्ने विश्वास लिइएको छ।

महानगरका प्रमुख राजेशमान सिंह अनुसार बजार स्थानीयवासीका लागि तयार पारिएको हो। “सफा, सुरक्षित र व्यवस्थित बजार बनाउन यहाँका स्थानीयवासीको भूमिका महत्वपूर्ण छ। यो हाम्रो सम्पत्ति र धरोहर हो,” उनले भने। साथै, प्रमुख जिल्ला अधिकारी भोला दाहाल ले बजार सञ्चालनले किसान र उपभोक्ता दुवैलाई लाभ हुने बताए। किसानले सहज रूपमा उत्पादन ल्याउन सक्ने र उपभोक्ताले व्यवस्थित रुपमा खरिद गर्न सक्नेछन् ।

पहिलो चरणमा ७० लाख रुपैयाँको लागतमा निर्माण भएको बजारमा १४ युनिटमा २८ वटा सटर सञ्चालनमा आएका छन् । बजारमा बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षा व्यवस्थासहित सबै आधारभूत सुविधा उपलब्ध छन्। महानगरले दोस्रो चरणमा थप ७० लाख रुपैयाँ लगानी गर्दै युनिट संख्या र भौतिक संरचना विस्तार गर्ने योजना रहेको पनि जनाएको छ।

खुद्रा र थोक कारोबार अलग संरचनाबाट सञ्चालन हुने भएकाले व्यवसायीलाई दीर्घकालीन योजनासहित कारोबार गर्न सहज हुनेछ।

प्रकाशित मिति : २०८२, २२ मंसिर सोमबार  १० : ०३ बजे

सीसँगको भेटपछि ट्रम्पको दाबी : चीनले इरानलाई हतियार नदिने, हर्मुज खुला राख्न सहयोग गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलेसँगको भेटपछि

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारले आज प्रदेशसभाबाट

पश्चिमी वायुको प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल

१० के एनवाईएफएन रन : स्वास्थ्य, खेलकुद र अनुशासनको सन्देश

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३७औँ स्थापना दिवसको

बेइजिङ पुगे ट्रम्प, सी जिनफिङसँग आज उच्चस्तरीय वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने औपचारिक भ्रमणका लागि