२०८२, १४ पुस सोमबार

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम


काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १ सय १४ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ। निर्वाचनमा भाग लिन निवेदन दिएका १ सय २० दलमध्ये छानबिनपछि १ सय १४ दल योग्य ठहरिएका हुन्।

आयोगका अनुसार १ सय २ दल आफ्नै चिन्हमा र १२ दल संयुक्त चिन्हमा प्रतिस्पर्धा गर्नेछन्। मतपत्रमा कुल १ सय ७ वटा निर्वाचन चिन्ह समावेश हुनेछन्।

२०७९ को समानुपातिक निर्वाचनको मतका आधारमा नेकपा (एमाले) को ‘सूर्य’ पहिलो क्रमसंख्यामा, नेपाली काँग्रेसको ‘रूख’ दोस्रो र नेकपा (माओवादी केन्द्र) को ‘पाँचकुने तारा’ तेस्रो क्रममा राखिएको छ। अन्तिम अर्थात् १ सय ७ नम्बरमा जनता लोकतान्त्रिक पार्टी नेपालको ‘भैँसी’ चिन्ह रहेको छ। आयोगले जनाएको छ कि २ दलको निवेदन खारेज गरिएको छ भने १ दलले निवेदन फिर्ता लिएको छ।

प्रकाशित मिति : २०८२, २२ मंसिर सोमबार  ९ : ५२ बजे

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर

रास्वपा केन्द्रीय समितिद्वारा रवि-बालेन सहमति अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

जेन-जी घटनामा बयान दिन सिंहदरबार पुगे रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक जेन-जी

जसपा फुट्यो : रेणु यादव उपेन्द्रसँग फर्किन्

काठमाडौं । जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राईको पार्टी

युक्रेन युद्ध टुंग्याउने संकेत : ट्रम्पको दाबी-शान्ति सम्झौता अब धेरै टाढा छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको