२०८२, २ चैत्र मंगलबार

उपत्यकाबाहिरबाट आउने एमाले महाधिवेशन प्रतिनिधिको बास कार्यकर्ताको घरमा

उपत्यकाबाहिरबाट आउने एमाले महाधिवेशन प्रतिनिधिको बास कार्यकर्ताको घरमा


काठमाडौं। नेकपा (एमाले) ले ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन उपत्यकाबाहिरबाट आउने प्रतिनिधिका लागि छुट्टै आवास व्यवस्था नगरेको स्पष्ट पारेको छ।

एमाले सम्पर्क समन्वय कमिटीले बसोबास तथा खानपानमा समस्या हुने प्रतिनिधिलाई पार्टीका नेता तथा कार्यकर्ताको घर र कोठामै बासको प्रबन्ध गरिएको जनाएको छ।

सम्पर्क समन्वय कमिटीका सचिव आरसी लामिछानेका अनुसार प्रतिनिधिका लागि बेग्लै आवासको व्यवस्था गरिएको छैन। तर, टाढा–टाढाबाट आउने प्रतिनिधिलाई बस्न र खान समस्या भएमा नेता तथा कार्यकर्ताको घरमा राख्ने व्यवस्था मिलाइएको छ। उनले त्यस्ता प्रतिनिधिहरूको विवरण संकलन भइरहेको पनि जानकारी दिए।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मंसिर २७ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन उपत्यकाबाहिरबाट प्रतिनिधिहरू काठमाडौं आउन थालेका छन्।

महाधिवेशनमा करिब दुई हजार दुई सय प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ। यसपटक पार्टीले आवासको व्यवस्था नगरेकाले प्रतिनिधि शुल्क पनि न्यून तोकिएको छ। आयोजक प्रतिनिधिका लागि तीन हजार रुपैयाँ र निर्वाचित प्रतिनिधिका लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ।

महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा गर्ने तयारी गरिएको छ भने बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने एमालेले जनाएको छ।

प्रकाशित मिति : २०८२, २२ मंसिर सोमबार  ९ : ३८ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका