२०८२, २४ पुस बिहीबार

उपत्यकाबाहिरबाट आउने एमाले महाधिवेशन प्रतिनिधिको बास कार्यकर्ताको घरमा

उपत्यकाबाहिरबाट आउने एमाले महाधिवेशन प्रतिनिधिको बास कार्यकर्ताको घरमा


काठमाडौं। नेकपा (एमाले) ले ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन उपत्यकाबाहिरबाट आउने प्रतिनिधिका लागि छुट्टै आवास व्यवस्था नगरेको स्पष्ट पारेको छ।

एमाले सम्पर्क समन्वय कमिटीले बसोबास तथा खानपानमा समस्या हुने प्रतिनिधिलाई पार्टीका नेता तथा कार्यकर्ताको घर र कोठामै बासको प्रबन्ध गरिएको जनाएको छ।

सम्पर्क समन्वय कमिटीका सचिव आरसी लामिछानेका अनुसार प्रतिनिधिका लागि बेग्लै आवासको व्यवस्था गरिएको छैन। तर, टाढा–टाढाबाट आउने प्रतिनिधिलाई बस्न र खान समस्या भएमा नेता तथा कार्यकर्ताको घरमा राख्ने व्यवस्था मिलाइएको छ। उनले त्यस्ता प्रतिनिधिहरूको विवरण संकलन भइरहेको पनि जानकारी दिए।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मंसिर २७ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन उपत्यकाबाहिरबाट प्रतिनिधिहरू काठमाडौं आउन थालेका छन्।

महाधिवेशनमा करिब दुई हजार दुई सय प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ। यसपटक पार्टीले आवासको व्यवस्था नगरेकाले प्रतिनिधि शुल्क पनि न्यून तोकिएको छ। आयोजक प्रतिनिधिका लागि तीन हजार रुपैयाँ र निर्वाचित प्रतिनिधिका लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ।

महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा गर्ने तयारी गरिएको छ भने बन्द सत्र काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने एमालेले जनाएको छ।

प्रकाशित मिति : २०८२, २२ मंसिर सोमबार  ९ : ३८ बजे

प्रधानमन्त्री कार्की र ओलीबीच बालुवाटारमा ३ घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा

प्रचण्डको सर्वसत्तावाद र विर्सजनवादको विरुद्ध कडा पत्र लेख्दै रहबरले पार्टी छाडे

काठमाडौं । माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले बिहीबार पार्टी

एमाले सचिव बस्नेतद्वारा सरकारको विश्वसनीयता र निष्पक्षतामा प्रश्न

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारको वर्तमान कार्यशैलीले

नेपाल-कोरिया सम्बन्ध सुदृढ : राजदूत डा. शिवमाया तुम्बाहाम्फेको एक वर्षको सक्रिय कूटनीति

काठमाडौँ । नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेले दक्षिण कोरियामा आफ्नो

कांग्रेस विशेष महाधिवेशन विवाद : संस्थापन पक्ष युवा र जिल्ला सभापतिसँग बेग्लै भेला

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विवादले चरम टकरावको रुप