२०८२, १६ चैत्र मंगलबार

एमालेको ११औँ महाधिवेशनका लागि प्रेस चौतारीबाट सर्वसम्मत प्रतिनिधि चयन

एमालेको ११औँ महाधिवेशनका लागि प्रेस चौतारीबाट सर्वसम्मत प्रतिनिधि चयन


काठमाडौं। नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रेस चौतारी नेपालले प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरेको छ। शनिबार प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले पाँच जनालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको हो।

संगठनका अध्यक्ष गणेश पाण्डे र चौतारीले पूर्व अध्यक्षद्वय राजेन्द्र अर्यालगणेश बस्नेतलाई प्रतिनिधि बनाउने निर्णय गरेको छ। त्यस्तै, महिलातर्फ सचिवालय सदस्य प्रतिमा शिलवालमिना विश्वकर्मालाई प्रतिनिधि चयन गरिएको छ।

बैठकले सर्वसम्मत निर्णयलाई संगठनभित्रको सहमति र समन्वयको उदाहरणका रूपमा लिएको छ। चौतारीका महासचिव हिरामान लामाका अनुसार यस्तो एकमतले महाधिवेशनका तयारी प्रक्रियामा संगठनात्मक एकता र साझा प्रतिबद्धतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८२, १३ मंसिर शनिबार  ८ : १५ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा