२०८३, २७ भाद्र आईतबार

डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड

डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड


विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । गृह मन्त्रालयको मंसिर ८ गतेको निर्णयअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका डिआइजी घिमिरेले पदभार ग्रहण गरेका हुन् ।

सो अवसरमा उनले ‘जस्तोसुकै विषम परिस्थिति आए पनि प्रहरी पछाडि हट्दैन’ भन्ने सन्देश दिएका छन् । पदभार ग्रहणपछि कार्यालयको सभाहलमा बसेको विशेष कार्यक्रममा उनले भर्चुअलमार्फत सहभागी जिल्ला प्रहरी प्रमुख र मुद्दा चल्ने इकाई प्रमुखलाई समेत  निर्देशन दिए ।

नेपाल प्रहरी सङ्गठन आरोह–अवरोहबीच पनि कानून कार्यान्वयन र जनसेवामा समर्पित रहँदै आएको उल्लेख गर्दै डिआइजी घिमिरेले प्रहरी विनाको समाज अकल्पनीय हुने बताए । उनले बदलिँदो समय र प्रविधिमा आफूलाई सक्षम बनाउँदै सामूहिकता, भातृत्व र समन्वयका साथ संगठनको गरिमा थप उच्च बनाउन आग्रह गरे ।

राम्रो काम गर्ने प्रहरीलाई तत्काल पुरस्कृत गर्ने र कानून विपरीत गतिविधिमा संलग्न जो–कोहीलाई कडाभन्दा कडा कारबाही गर्ने निर्देश पनि जारी घिमिरेले गरेका छन् ।

डिआइजी घिमिरेका अनुसार कोशी प्रदेश प्रहरी अब अपराध नियन्त्रण, शान्ति–सुरक्षा, जनविश्वास र प्रविधिमैत्री सेवा प्रवाहमा अझ आक्रामक र परिणाममुखी ढंगले अघि बढ्नेछ ।

प्रकाशित मिति : २०८२, १२ मंसिर शुक्रबार  १० : ३९ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।