२०८३, १२ कार्तिक बिहीबार

डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड

डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड


विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । गृह मन्त्रालयको मंसिर ८ गतेको निर्णयअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका डिआइजी घिमिरेले पदभार ग्रहण गरेका हुन् ।

सो अवसरमा उनले ‘जस्तोसुकै विषम परिस्थिति आए पनि प्रहरी पछाडि हट्दैन’ भन्ने सन्देश दिएका छन् । पदभार ग्रहणपछि कार्यालयको सभाहलमा बसेको विशेष कार्यक्रममा उनले भर्चुअलमार्फत सहभागी जिल्ला प्रहरी प्रमुख र मुद्दा चल्ने इकाई प्रमुखलाई समेत  निर्देशन दिए ।

नेपाल प्रहरी सङ्गठन आरोह–अवरोहबीच पनि कानून कार्यान्वयन र जनसेवामा समर्पित रहँदै आएको उल्लेख गर्दै डिआइजी घिमिरेले प्रहरी विनाको समाज अकल्पनीय हुने बताए । उनले बदलिँदो समय र प्रविधिमा आफूलाई सक्षम बनाउँदै सामूहिकता, भातृत्व र समन्वयका साथ संगठनको गरिमा थप उच्च बनाउन आग्रह गरे ।

राम्रो काम गर्ने प्रहरीलाई तत्काल पुरस्कृत गर्ने र कानून विपरीत गतिविधिमा संलग्न जो–कोहीलाई कडाभन्दा कडा कारबाही गर्ने निर्देश पनि जारी घिमिरेले गरेका छन् ।

डिआइजी घिमिरेका अनुसार कोशी प्रदेश प्रहरी अब अपराध नियन्त्रण, शान्ति–सुरक्षा, जनविश्वास र प्रविधिमैत्री सेवा प्रवाहमा अझ आक्रामक र परिणाममुखी ढंगले अघि बढ्नेछ ।

प्रकाशित मिति : २०८२, १२ मंसिर शुक्रबार  १० : ३९ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता