२०८३, २७ भाद्र आईतबार

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त गर्ने सरकारको निर्णय

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त गर्ने सरकारको निर्णय


काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको बैठकका कार्यवाहक प्रवक्ता तथा शिक्षामन्त्री महावीर पुनले जानकारी दिए।

बैठकले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (SEZ) सञ्चालन मापदण्ड–२०७१ खारेज गर्दै त्यहाँको मासिक भाडा दर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गर्ने निर्णय पनि गरेको छ।

यस्तै विद्युत नियमन आयोगलाई साउथ एसिया फोरम अफ इन्फ्रास्ट्रक्चर रेगुलेसनको सदस्यता स्वीकृति दिने निर्णयसमेत बैठकले मंजुर गरेको छ।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा घाइते भएकाहरूलाई उपचार राहत उपलब्ध गराउने तथा सहायता डेस्क संचालनका लागि १० जनालाई चार महिनासम्म मासिक १५ हजार रुपैयाँ पारिश्रमिक दिने निर्णय पनि सरकारले गरेको छ।

प्रकाशित मिति : २०८२, ९ मंसिर मंगलबार  ९ : १३ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।