२०८३, १२ कार्तिक बिहीबार

ट्रम्पको शान्ति योजना संशोधन, नयाँ प्रस्ताव तयार

ट्रम्पको शान्ति योजना संशोधन, नयाँ प्रस्ताव तयार


जेनेभा । अमेरिकाले रूस–युक्रेन युद्धका लागि तयार पारेको २८ बुँदे शान्ति योजनामा संशोधन गरिएको छ। आइतबार जेनेभामा अमेरिकी र युक्रेनी उच्चस्तरीय प्रतिनिधिमण्डलबीच भएको वार्तामा नयाँ खाका तयार भएको रोयटर्सले जनाएको छ।

संशोधित योजनामा युक्रेनको सुरक्षा ग्यारेन्टी बलियो बनाइने, सेनाको आकार ६ लाखभन्दा बढी राख्न पाउने र सीमा–भूभागसम्बन्धी निर्णय फ्रन्टलाइनको आधारमा हुने उल्लेख छ। यसअघि ट्रम्प प्रशासनले युक्रेनलाई भूभाग छाड्नुपर्ने र सेना घटाउनुपर्ने प्रस्ताव राखेपछि तीव्र आलोचना भएको थियो।

वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रूबिओ र रक्षामन्त्री पिट हेगसेथ सहभागी थिए। रूसले हालै आक्रमण तीव्र पारेका बीच संशोधित योजना तयार भएको हो।

शान्ति योजना अघि बढाउन ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच यसै साताभित्र भेट वार्ता हुने ह्वाइट हाउसले जनाएको छ। युक्रेनलाई बिहीबारसम्म सहमत जनाउन समय दिइएको भए पनि आवश्यक परे समय बढाइने अमेरिकाले संकेत गरेको छ।

प्रकाशित मिति : २०८२, ८ मंसिर सोमबार  ८ : ४२ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता