२०८३, १२ कार्तिक बिहीबार

एमाले नेतामाथि दुर्व्यवहार : अनेरास्ववियुको कडा आपत्ति, सरकार अराजकताकै संरक्षक भएको आरोप

एमाले नेतामाथि दुर्व्यवहार : अनेरास्ववियुको कडा आपत्ति, सरकार अराजकताकै संरक्षक भएको आरोप


काठमाडौं । एमाले नेता भानुभक्त ढकाल र महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा गरिएको दुर्व्यवहारप्रति नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले कडा प्रतिक्रिया व्यक्त गरेको छ। संगठनले घटनालाई कानूनी राज्यमाथिको प्रत्यक्ष प्रहार र सरकारद्वारा प्रोत्साहित अराजक प्रवृत्तिको ज्वलन्त उदाहरणका रूपमा प्रस्तुत गरेको छ।

अध्यक्ष दीपक धामीद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकारले “अलोकतान्त्रिक, असंवैधानिक र अराजकतामुखी शासन शैली” अपनाएको आरोप लगाउँदै यस्तो वातावरणले देशलाई खतरनाक दिशातर्फ धकेलिरहेको चेतावनी दिइएको छ। विज्ञप्तिमा भनिएको छ, “एमाले नेतामाथि भएको कायरतापूर्ण दुर्व्यवहार कुनै सामान्य घटना होइन, यो राज्य संरचनालाई बदनाम गर्ने नियोजित प्रयास हो। यस्ता कुकृत्य दोहोरिनु सरकारकै मौन सहमति र संरक्षणको परिणाम हो।”

धामीले घटनाले कानूनी शासनको उपहास भएको भन्दै सरकारले दमनकारी मानसिकता त्याग्न नसके अनेरास्ववियु कठोर प्रतिवादमा उत्रिने स्पष्ट चेतावनी दिएका छन्। संगठनका अनुसार शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि यात्रा गर्दै गरेका नेतामाथि सार्वजनिक स्थलमै भएको दुर्व्यवहारले देशमा कोही पनि सुरक्षित छैन भन्ने भयावह सन्देश दिन खोजिएको छ।

अनेरास्ववियुले घटनाको घोर निन्दा गर्दै दोषीलाई कारवाही नगरे सरकार नै अराजकताका सबै घटनाको प्रत्यक्ष जिम्मेवार ठहरिने चेतावनी दिएको छ।

प्रकाशित मिति : २०८२, ७ मंसिर आईतबार  ८ : ०८ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता