२०८२, १४ पुस सोमबार

कर्फ्यूका कारण एमालेको जनप्रदर्शन स्थगित, युवा भेला परवानीपुरमै जारी

कर्फ्यूका कारण एमालेको जनप्रदर्शन स्थगित, युवा भेला परवानीपुरमै जारी


सिमरा । बारामा जारी कर्फ्यूका बीच पनि एमाले युवाहरूको प्रदेश भेला परवानीपुरमा जारी रहेको एमाले नेता किसान श्रेष्ठले बताएका छन्। महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने तय भए पनि सिमरामा उत्पन्न तनाव र कर्फ्यूका कारण कार्यक्रम सामान्य रूपमा सञ्चालन गरिने तयारी भएको उनले बताए।

यसैबीच, विमानस्थलमा जेन-जी समूहको विरोध प्रदर्शनका कारण बुद्ध एयरको उडान प्रभावित भएपछि पोखरेलसहितका नेताहरू काठमाडौंमै रोकिएका छन्। कर्फ्यूका कारण जनप्रदर्शन स्थगित गरिएको श्रेष्ठले बताए। उनका अनुसार विभिन्न स्थानबाट प्रदर्शनका लागि अघि बढेका एमाले कार्यकर्ता, समर्थक र शुभचिन्तक बाटैमा रोकिएका छन्।
“पाँच हजार मान्छे बाटैमा छन्, उनीहरूलाई फर्किन भनिएको छ,” श्रेष्ठले जानकारी दिए।

यद्यपि, परवानीपुरस्थित डीएभी स्कुलनजिकै रहेको चयनपुर चौरमा दुई हजारभन्दा बढी कार्यकर्ता भेला भइसकेका छन्। स्थल मुख्य सडकनजिकै भएकाले उच्च सतर्कताकाबीच कार्यक्रम सञ्चालन गर्ने र भेला समापन गर्ने तयारी भइरहेको श्रेष्ठले बताए।

मधेशका आठै जिल्लाबाट एक हजारभन्दा बढी सहभागी भेला स्थलगत कार्यक्रमका लागि पुगेका छन्।

प्रकाशित मिति : २०८२, ३ मंसिर बुधबार  २ : २६ बजे

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर