२०८३, ८ भाद्र मंगलबार

नेकपा दर्तासँगै देशमा दर्ता दलको संख्या १२२ मा झर्‍यो, राष्ट्रिय जेन–जी पार्टीको निवेदन फिर्ता

नेकपा दर्तासँगै देशमा दर्ता दलको संख्या १२२ मा झर्‍यो, राष्ट्रिय जेन–जी पार्टीको निवेदन फिर्ता


काठमाडौं । पाँच राजनीतिक दल एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएपछि दर्ता राजनीतिक दलहरूको संख्या घटेर १२२ पुगेको छ। नयाँ दल दर्तासँगै एकीकृत भएका पाँचै दल खारेज गरिएकाले पहिलेदेखि रहेका दल संख्या १२६ बाट घटेर १२२ मा पुगेको आयोगले जनाएको छ।

तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका पाँच दलहरू एकीकरण भएर नयाँ नेकपा गठन गरिएको हो। दल एकीकरणपछि आयोगले ती सबै पाँच दलको दर्ता रद्द गरी नयाँ दल दर्ता प्रक्रिया पूरा गरेको छ। यसैबीच, नेपाल परिवर्तन पार्टी दर्ताको अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। आयोगका कानून तथा राजनीतिक दल महाशाखाका प्रमुख सह–सचिव यज्ञप्रसाद भट्टराईका अनुसार आयोगले आवश्यक प्रक्रिया पूरा भएसँगै उक्त पार्टीलाई दर्ता प्रमाणपत्र प्रदान गर्न सक्ने अवस्थामा पुगेको छ।

त्यसैगरी, किरण विक नेतृत्वमा दर्ताका लागि निवेदन दिएको राष्ट्रिय जेन–जी पार्टीले भने आफ्नो निवेदन फिर्ता लिएको छ। आवेदन फिर्ता लिएसँगै उक्त दलको दर्ता प्रक्रिया स्वतः रोकिएको भट्टराईले बताए। निर्वाचन आयोगका अनुसार अहिले दल दर्ताका लागि ३० वटा दलले निवेदन दिएका छन्। तीमध्ये केही दलले सनाखत सकेका छन् भने केहीले सनाखत प्रक्रिया सुरु गर्न बाँकी छ।

नयाँ नेकपा दर्ता र दल एकीकरणको प्रभावस्वरूप दर्ता राजनीतिक दलहरूको संख्या क्रमशः व्यवस्थित हुँदै गएको आयोगको मूल्यांकन छ।

प्रकाशित मिति : २०८२, ३० कार्तिक आईतबार  २ : ३३ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र