२०८२, १७ चैत्र बुधबार

लन्डनमा सुतेकै अवस्थामा नेपाली विद्यार्थीको निधन, भोलिपल्ट सर्टिफिकेट लिने तयारीमा थिए

लन्डनमा सुतेकै अवस्थामा नेपाली विद्यार्थीको निधन, भोलिपल्ट सर्टिफिकेट लिने तयारीमा थिए


लन्डन । लन्डनमा एक नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत भेटिएका छन्। सल्यानको भल्चौर–७ घर भएका २६ वर्षीय योमन चन्दको मंगलबार बिहान ९:३० बजे लन्डनको एजवेयरस्थित निवासमा निधन भएको हो। एक वर्षअघि मात्र अध्ययनका लागि बेलायत पुगेका चन्दले युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डबाट एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङ को अध्ययन पूरा गरिसकेका थिए। उनी भोलिपल्ट सर्टिफिकेट लिन जाने तयारीमा रहेका थिए।

उनीसँगै बस्ने साथी मनोज कुँवरका अनुसार, सोमबार बिहानै योमनले टाउको दुखेको र वाकवाकी भएको बताएपछि दुवै जना दिउँसो लन्डन सिटी पुगेका थिए। राति घर फर्किएर खाना खाएर सुतेका उनी बिहान नउठेपछि मनोजले उठाउने प्रयास गरे, तर प्रतिक्रिया नपाएपछि तत्काल एम्बुलेन्स बोलाइएको थियो।

‘साथीले सास फेर्न छोडिसकेका थिए,’ मनोजले बताए, ‘एम्बुलेन्सका स्वास्थ्यकर्मी आएर जाँच गर्दा सुगर लेभल २ मात्र थियो। शरीरले सुगर नलिएपछि बिहान ९:३० बजे मृत घोषणा गरियो।’ प्रारम्भिक अनुसन्धानमा ‘नेचुरल डेथ’ (स्वाभाविक मृत्यु) भएको देखिएको लन्डन प्रहरीले जनाएको छ। शवलाई फरेन्सिक परीक्षणका लागि अस्पताल लगिएको छ।

योमनसँगै बस्ने मनोजले भने, ‘उनी स्वस्थ थिए, डिप्रेसनमा पनि थिएनन्। केही दिनअघि मात्रै नयाँ जागिर पाएका थिए। यस्तो हुने कल्पना नै गर्न सक्दिन।’

घटनास्थलमा पुगेका एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले परिवार, विश्वविद्यालय र साथीहरूसँग सल्लाह गरी अन्त्येष्टीको व्यवस्था मिलाइने जानकारी दिए। ‘यो दुखद घटना हो,’ पुडासैनीले भने, ‘नेपालबाट अध्ययनका लागि आउने विद्यार्थीहरू विभिन्न चुनौतीमा छन् -बसाइँ, जागिर, मानसिक स्वास्थ्य र सुरक्षाका विषयमा जनचेतना जगाउने काम अझै तीव्र गर्न जरुरी छ।’

प्रकाशित मिति : २०८२, २६ कार्तिक बुधबार  ९ : ०८ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका