२०८२, २ चैत्र मंगलबार

यसपालि डिभी आवेदनमा नयाँ प्रावधान : पहिलोपटक शुल्क तिर्नुपर्ने, आवेदन ढिलो खुल्ने भयो

यसपालि डिभी आवेदनमा नयाँ प्रावधान : पहिलोपटक शुल्क तिर्नुपर्ने, आवेदन ढिलो खुल्ने भयो


काठमाडौं । संयुक्त राज्य अमेरिकाले हरेक वर्ष अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डाइभर्सिटी भिसा (डिभी) लोटरी का लागि आवेदन खुलाउँदै आएको थियो। तर यसपालि भने सो अवधिसम्म पनि आवेदन खुल्न सकेको छैन।

अमेरिकाले केही समयका लागि डिभी लोटरीको प्रक्रिया स्थगित गरेको न्यूयोर्कमा कार्यरत कानुन व्यवसायी बासु फुलाराले सेतोपाटीलाई बताएका छन्। ‘परराष्ट्र मन्त्रालयको सूचनाअनुसार अबको ७ दिनदेखि १ महिनाभित्र जुनसुकै बेला पनि आवेदन खुल्न सक्छ,’ फुलाराले भने, ‘तर किन ढिलाइ भएको हो भन्ने कारण आधिकारिक रूपमा खुलाइएको छैन। डिभी लोटरी बन्द भएको भने होइन।’ उनका अनुसार यसपालि डिभी आवेदनमा दुई नयाँ कारणले ढिलाइ भएको हो— शुल्क प्रणाली सुरु हुन लाग्नु र अमेरिकी संघीय सरकारको बजेट अवरोध।

पहिलो कारण : शुल्क तिर्नुपर्ने प्रावधान
अहिलेसम्म डिभी आवेदन निःशुल्क रहँदै आएको थियो। तर यस वर्षदेखि १ अमेरिकी डलर शुल्क तिर्नुपर्ने नयाँ व्यवस्था ल्याइएको फुलाराले बताए।
‘यसको भुक्तानी कसरी गर्ने भन्ने प्रक्रिया अझै तयार नभएकाले आवेदन खुल्न ढिलाइ भएको हुनसक्छ,’ उनले भने।

दोस्रो कारण : अमेरिकी सरकारको बजेट रोकावट
अमेरिकी संसदले बजेट पारित गर्न ढिलाइ गरेपछि केही सरकारी सेवा अस्थायी रूपमा बन्द हुँदा प्रशासनिक काम प्रभावित भएको उनले बताए। ‘सरकारी कार्यालय बन्द हुँदा आवेदन प्रक्रिया पनि रोकिएको हो, अब सरकार खुल्दैछ, डिभी पनि छिट्टै खुल्ने सम्भावना छ,’ फुलाराले भने। उनका अनुसार यो प्राविधिक र प्रशासनिक ढिलाइ मात्र हो, डिभी कार्यक्रम नै बन्द भएको होइन।

आवेदन गर्दा सावधानी अपनाउन सुझाव
फुलाराले नेपाली आवेदनकर्तालाई विवरण भर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
‘विवाहितले अविवाहित लेख्ने, छोराछोरीको विवरण नदिने, वा झुठा जानकारी दिने जस्ता गल्तीका कारण पछि भिसा वा नागरिकता प्रक्रियामा समस्या आउने गरेको छ,’ उनले भने। उनले गल्ती भएमा सुरुमै स्वीकार गरी सच्याउन सुझाव दिएका छन्। साथै डिभी आवेदनका लागि १२ कक्षा पास अनिवार्य रहेको र एजेन्सीको भर पर्नुभन्दा आफैं आवेदन भर्नु नै सुरक्षित हुने उनले बताए।

फुलाराले भने, “डिभी ढिलो खुलेको हो, बन्द भएको होइन। सबैले तयारी गरिराख्नुपर्छ। सही विवरणका साथ आवेदन दिनु नै सफलताको पहिलो शर्त हो।”

प्रकाशित मिति : २०८२, २६ कार्तिक बुधबार  ८ : ५९ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका