२०८३, ११ श्रावण मंगलबार

हुम्लामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

हुम्लामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते


अदानचुली (हुम्ला) । हुम्लामा विद्युत् पोल बोक्दै गरेको एक ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बाजुराबाट हुम्लाको पिपलमुडास्थित विद्युत् सबस्टेसनका लागि पोल ढुवानी गरिरहेको लु ५ त १२३७ नम्बरको ट्याक्टर सोमबार राति दुर्घटनामा परेको हो। ट्याक्टर मुगु जिल्लाको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको बेला दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बाजुरा, गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीय सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बलवीर लावडले जानकारी दिए।

लावडका अनुसार, उकालोमा ट्याक्टरको ब्रेक फेल हुँदा करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो।
सो घटनामा हुम्ला, अदानचुली–२ का २८ वर्षीय रेशम भण्डारी सख्त घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको प्रहरीले जनाएको छ। ट्याक्टरमा चालक रोकाया र सहचालक भण्डारी मात्र सवार रहेको पनि प्रहरीले पुष्टि गरेको छ।

प्रकाशित मिति : २०८२, २५ कार्तिक मंगलबार  ९ : ५६ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि