२०८३, ८ भाद्र मंगलबार

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो


काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले पूर्वप्रमुख आयुक्त र आयुक्तहरूसँग छलफल गरेको छ। आयोगले विगतको चुनाव अनुभव, शान्ति सुरक्षा र राजनीतिक दलहरूसँग समन्वयका विषयमा सुझाव लिन छलफल गरेको जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचन तयारीको ६० प्रतिशत काम पूरा भइसकेको छ भने बाँकी काम पनि निरन्तर अगाडि बढिरहेको छ। आयोगले चुनावका लागि आवश्यक ७९ प्रकारका सामग्रीको सूची तयार पारिसकेको छ र तीमध्ये १४ प्रकारका वस्तु खरिद प्रक्रियामा छन्।

निर्वाचनमा मतपेटिका, औँलामा चिह्न लगाउने मार्कर पेन, स्ट्याम्प प्याड, लाहा छाप, मतदान कक्षका सामग्री लगायत विविध उपकरण आवश्यक पर्ने आयोगले जानकारी दिएको छ।

यसअघि आयोगले राजनीतिक दलहरूसँग पनि छलफल गरी मतदाता नामावलीमा छुटेका नाम दर्ता गर्न प्रचार गर्ने अनुरोध गरेको थियो।

प्रकाशित मिति : २०८२, २४ कार्तिक सोमबार  ११ : २२ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र