२०८३, १२ कार्तिक बिहीबार

मधेस प्रदेश सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन अध्यक्ष लिङ्देनको निर्देशन

मधेस प्रदेश सरकारबाट राप्रपाको सहभागिता फिर्ता लिन अध्यक्ष लिङ्देनको निर्देशन


हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा रहेको राप्रपाको सहभागिता तत्काल फिर्ता लिन निर्देशन दिएका छन् ।

अध्यक्ष लिङ्देनले सोबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले भनेका छन्, “यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधान बमोजिम कारबाही हुने जानकारी गराउँछु ।”

मधेस प्रदेशमा राप्रपाका केही सांसदले प्रदेश सरकारमा सहभागी भएपछि पार्टी नेतृत्व असन्तुष्ट बनेको बताइन्छ । अध्यक्ष लिङ्देनको यस वक्तव्यपछि मधेस प्रदेश सरकारमा राप्रपाको भविष्य अनिश्चित बनेको छ ।

प्रकाशित मिति : २०८२, २४ कार्तिक सोमबार  ११ : १० बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता