२०८२, १४ पुस सोमबार

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आइतबार गृहमन्त्रालयमा भेटवार्ता भएको छ । करिब ४५ मिनेट लामो भेटमा आगामी प्रतिनिधिसभा निर्वाचनको सुरक्षा र दुर्गा प्रसाईंको पछिल्लो भारत भ्रमण मुख्य विषय बनेको स्रोतले जनाएको छ ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक प्रसाईं दिल्ली भ्रमणबाट फर्किएपछि गृहमन्त्रीले भारतीय पक्षसँग त्यसबारे जानकारी लिएका हुन् । राजदूत श्रीवास्तवले प्रसाईंले भारतमा कुनै राजनीतिक भेटघाट नगरेको बताएका छन् ।

भारत भ्रमणबाट फर्कँदा प्रसाईंलाई दिल्ली अध्यागमनले करिब आधा घण्टा केरकार गरेको थियो । नेपालमा राजावादी आन्दोलनको तयारीमा रहेका प्रसाईंमाथि हाल सुरक्षा निकायले निगरानी बढाएको छ ।

प्रकाशित मिति : २०८२, २३ कार्तिक आईतबार  ९ : ५३ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले