२०८२, ३ पुस बिहीबार

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने पाँच जना पक्राउ

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने पाँच जना पक्राउ


पोखरा । जेन-जी आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लगानी रहेको भन्दै वरपिपल रिसोर्टमा आगजनी गरिएको थियो। सो प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कराते प्रशिक्षक २९ वर्षीय रूपक नेपाली, पोखरा–१८ का ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ रहेका छन्। कास्की प्रहरीका प्रमुख एसपी नवीन कार्कीका अनुसार उनीहरूलाई आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

जेन–जी आन्दोलनका क्रममा गरिएको उक्त आगजनी घटनापछि रिसोर्टमा व्यापक क्षति पुगेको थियो। प्रहरीले घटनामा संलग्न अरू व्यक्तिहरूको खोजी पनि जारी रहेको जनाएको छ।

प्रकाशित मिति : २०८२, २१ कार्तिक शुक्रबार  १० : ४२ बजे

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,

जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु, वृद्धवृद्धा बढी सङ्क्रमित

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिसका

एमाले महाधिवेशनमा सौहार्दता, प्रतिस्पर्धी नेताहरू सँगै हिँडेर भोट माग्दै

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा

बबरमहल बम विस्फोट काण्डका दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर । बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर भएका श्रम