२०८३, २४ जेष्ठ सोमबार

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने पाँच जना पक्राउ

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने पाँच जना पक्राउ


पोखरा । जेन-जी आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लगानी रहेको भन्दै वरपिपल रिसोर्टमा आगजनी गरिएको थियो। सो प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कराते प्रशिक्षक २९ वर्षीय रूपक नेपाली, पोखरा–१८ का ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ रहेका छन्। कास्की प्रहरीका प्रमुख एसपी नवीन कार्कीका अनुसार उनीहरूलाई आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

जेन–जी आन्दोलनका क्रममा गरिएको उक्त आगजनी घटनापछि रिसोर्टमा व्यापक क्षति पुगेको थियो। प्रहरीले घटनामा संलग्न अरू व्यक्तिहरूको खोजी पनि जारी रहेको जनाएको छ।

प्रकाशित मिति : २०८२, २१ कार्तिक शुक्रबार  १० : ४२ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति