२०८३, २० जेष्ठ बिहीबार

सांसदका स्वकीय सचिव कटौतीबारे राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा तीव्र असन्तुष्टि

सांसदका स्वकीय सचिव कटौतीबारे राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा तीव्र असन्तुष्टि


काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकमा सांसदहरूको स्वकीय सचिव कटौती गर्ने सरकारको हालैको निर्णयबारे छलफल जारी छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हासहितका सांसदहरू उपस्थित छन्। सरकारले संघीय संसद्का पदाधिकारी र सदस्यहरूले पाउँदै आएका स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको हो। सरकारले “संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३” को अनुसूचीमा हेरफेर गर्दै प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षलगायतका पदाधिकारीहरूको स्वकीय सुविधा खोसेको छ। हाल प्रतिनिधिसभामा २७५ र राष्ट्रिय सभामा ५९ सदस्य गरी कुल ३३४ सांसद छन्।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको स्वकीय सुविधा भने यथावत् छ, तर बाँकी ३३२ जनाको स्वकीय सचिवको सुविधा कटौती गरिएको छ। सरकारको उक्त निर्णयप्रति संघीय संसद्का सांसदहरूले असन्तुष्टि जनाउँदै आएका छन्।

प्रकाशित मिति : २०८२, २१ कार्तिक शुक्रबार  १० : २२ बजे

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल

मन्त्रिपरिषद्का ४ महत्वपूर्ण निर्णय सार्वजनिक, वातावरणदेखि सुरक्षा र भूमि व्यवस्थापनसम्म

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार महत्वपूर्ण निर्णय