२०८२, १४ पुस सोमबार

विप्लव नेतृत्वको नेकपाको आज काठमाडौंमा शक्ति प्रदर्शन

विप्लव नेतृत्वको नेकपाको आज काठमाडौंमा शक्ति प्रदर्शन


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज राजधानी काठमाडौंमा प्रदर्शन तथा आमसभा आयोजना गर्दैछ।

पार्टीले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिसहित मुलुकमा देखिएका ताजा घटनाक्रमबारे आफ्नो आधिकारिक धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गर्न लागेको जनाएको छ। भृकुटीमण्डपमा दिउँसो १ बजे हुने सभालाई महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने छन्। सभाअघि काठमाडौंका विभिन्न स्थानबाट र्‍याली निकाल्ने तयारी गरिएको पार्टी स्रोतले जनाएको छ।

उक्त कार्यक्रममा काठमाडौं उपत्यका तथा आसपासका जिल्लाबाट करिब १० हजारभन्दा बढी कार्यकर्ता सहभागी हुने नेकपाको दाबी छ। सुरक्षा निकायले पनि संभावित भीड र संवेदनशीलता मध्यनजर गर्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ। नेकपाले हालैका राजनीतिक परिवर्तन, राष्ट्रिय स्वाधीनता, संघीयता, र सामाजिक न्यायसम्बन्धी सवालमा आफ्नो वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने बताएको छ।

विप्लव नेतृत्वको नेकपा भूमिगत अवस्थाबाट खुला राजनीतिमा आएपछि राजधानीमा ठूलो जनसभा आयोजना गर्न लागेको यो पहिलो अवसर हो।

प्रकाशित मिति : २०८२, २० कार्तिक बिहीबार  ९ : २० बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले