२०८३, ८ भाद्र मंगलबार

विप्लव नेतृत्वको नेकपाको आज काठमाडौंमा शक्ति प्रदर्शन

विप्लव नेतृत्वको नेकपाको आज काठमाडौंमा शक्ति प्रदर्शन


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज राजधानी काठमाडौंमा प्रदर्शन तथा आमसभा आयोजना गर्दैछ।

पार्टीले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिसहित मुलुकमा देखिएका ताजा घटनाक्रमबारे आफ्नो आधिकारिक धारणा आम जनतामाझ पुर्‍याउने उद्देश्यले सभा गर्न लागेको जनाएको छ। भृकुटीमण्डपमा दिउँसो १ बजे हुने सभालाई महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने छन्। सभाअघि काठमाडौंका विभिन्न स्थानबाट र्‍याली निकाल्ने तयारी गरिएको पार्टी स्रोतले जनाएको छ।

उक्त कार्यक्रममा काठमाडौं उपत्यका तथा आसपासका जिल्लाबाट करिब १० हजारभन्दा बढी कार्यकर्ता सहभागी हुने नेकपाको दाबी छ। सुरक्षा निकायले पनि संभावित भीड र संवेदनशीलता मध्यनजर गर्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ। नेकपाले हालैका राजनीतिक परिवर्तन, राष्ट्रिय स्वाधीनता, संघीयता, र सामाजिक न्यायसम्बन्धी सवालमा आफ्नो वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने बताएको छ।

विप्लव नेतृत्वको नेकपा भूमिगत अवस्थाबाट खुला राजनीतिमा आएपछि राजधानीमा ठूलो जनसभा आयोजना गर्न लागेको यो पहिलो अवसर हो।

प्रकाशित मिति : २०८२, २० कार्तिक बिहीबार  ९ : २० बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र