२०८३, २७ भाद्र आईतबार

फोहोर विसर्जन अवरोध समाधानका लागि सहरी विकास मन्त्रालयमा छलफल

फोहोर विसर्जन अवरोध समाधानका लागि सहरी विकास मन्त्रालयमा छलफल


काठमाडौं । बञ्चरेडाँडामा फोहोर विसर्जनमा रोक लगाइएपछि समस्या समाधानका लागि सहरी विकास मन्त्रालयले सरोकारवालासँग शुक्रबार छलफल गर्ने भएको छ।

१८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर विसर्जन रोक्दा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित बनेको हो। मन्त्रालयले धुनीवेशी नगरपालिका र ककनी गाउँपालिकाका प्रमुख, वडाअध्यक्ष र सरोकारवालालाई छलफलमा बोलाएको छ। सिनियर डिभिजनल इन्जिनियर महेशबहादुर सिंहद्वारा पठाइएको पत्रमा सबै प्रतिनिधिलाई उपस्थित रहन अनुरोध गरिएको छ।

स्थानीय अगुवा नीराजन सञ्जेलले मन्त्रालयले बोलाएको छलफलमा सहभागी हुन तयारी भइरहेको बताए। २०७९ जेठ २६ मा भएको १८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै बुधबारदेखि स्थानीयले आन्दोलन गर्दै फोहोर बोक्ने गाडीहरू फर्काएका थिए। उनीहरूले दुर्गन्ध, सरुवाजन्य रोग र सहमति उल्लङ्घनविरुद्ध आन्दोलन गर्दै मुद्दा फिर्ताको माग पनि राखेका छन्।

प्रकाशित मिति : २०८२, १४ कार्तिक शुक्रबार  २ : ५० बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।