२०८३, १२ कार्तिक बिहीबार

पोखरामा एमालेले मोटरसाइकल र्‍याली निकाल्दै

पोखरामा एमालेले मोटरसाइकल र्‍याली निकाल्दै


पोखरा। नेकपा एमाले कास्कीले कात्तिक १५ गते शनिबार संविधानको रक्षा, प्रतिगामी षड्यन्त्र र अराजकता विरुद्ध मोटरसाइकल र्‍याली आयोजना गर्ने भएको छ। र्‍यालीको जानकारी उपाध्यक्ष भेषराज बरालले दिँदै भने, “जेन्जी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटको विरुद्ध शान्ति र सामाजिक सद्भाव कायम गर्न र्‍याली निकाल्न लागिएको हो।”

दिउँसो २ बजे पोखराको सभागृहबाट सुरु हुने र्‍याली न्यूरोड, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, मुस्ताङचोक, राष्ट्रबैंकचोक, सहिदचोक, लेकसाइड हल्लनचोक, जिरो किमी, सिर्जनाचोक हुँदै पुनः सभागृहमा समापन हुनेछ।

एमाले कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीले भने, “देशमा फैलिँदै गएको अराजक प्रवृत्ति, प्रतिगामी कदम र अस्थिरताको विरुद्ध प्रदर्शन गर्न र्‍याली गर्न लागेको हो। यसबाट संविधान, राष्ट्रियता र जनताको अधिकारमा दृढता र ऐक्यबद्धताको सन्देश जानेछ।”

कार्यक्रममा कास्की ईन्चार्ज कृष्ण थापा, केन्द्रीय सदस्य राजिब पहारी, युवा नेता माधब बास्तोला, महानगर कमिटिका अध्यक्ष जीवन आचार्य, जिल्ला सचिव दर्शन लामा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सुमन ढुङ्गना लगायतले र्‍यालीलाई भव्य र व्यवस्थित बनाउन सुझाव दिएका छन्।

यसअघि नै एमालेले आगामी मंसिर २७–२९ गते पोखरामा हुने ११ औँ महाधिवेशनको तयारी सुरु गरिसकेको छ। त्यसको लागि कार्तिक १५ गते बस्ने सचिवालय बैठकले कार्यतालिका सहित निर्णय गर्नेछ र त्यसपछि महाधिवेशन तयारीमा तीव्रता दिइनेछ।

हेल्मेट अनिवार्य छ भने पटकाउने र ठूलो आवाज गर्ने मोटरसाइकललाई र्‍यालीमा भाग लिन निषेध गरिएको छ।

प्रकाशित मिति : २०८२, १४ कार्तिक शुक्रबार  ११ : १२ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता