२०८२, ५ फाल्गुन मंगलबार

‘मोन्था’ चक्रवातको प्रभाव : कोसी, मधेश र बागमतीमा भारी वर्षा, सतर्क रहन आग्रह

‘मोन्था’ चक्रवातको प्रभाव : कोसी, मधेश र बागमतीमा भारी वर्षा, सतर्क रहन आग्रह


काठमाडौं । बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभावका कारण नेपालका केही भागमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि शनिबारसम्म कोसी, मधेश र बागमती प्रदेशका विभिन्न ठाउँमा भारी वर्षा हुने सम्भावना छ। आज (बिहीबार)देखि नै ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव नेपालमा देखिन थालेको जनाइएको छ।

त्यस्तै विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने चेतावनी जारी गरेको छ। बिहीबार कोसी, मधेश, बागमती र लुम्बिनी प्रदेश भएर बहने नदीहरूमा आकस्मिक बाढी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार र शनिबार पनि ती प्रदेशका स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले स्थानीय बासिन्दा, यात्रु तथा सरोकारवालाहरूलाई सतर्क रहन अनुरोध गरिएको छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणले मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान उद्धृत गर्दै कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र कोसी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। प्राधिकरणले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, नदी किनारका बासिन्दाले सतर्क रहन, तथा धान र अन्य बाली काटिएको भए तुरुन्त भित्र्याउन समेत सुझाव दिएको छ।

मौसमविद्हरूका अनुसार बंगालको खाडी र अरब सागरमा एकसाथ विकसित प्रणालीको प्रभावका कारण नेपालको दक्षिण र पूर्वी भू–भागमा नमी थपिँदै गएको र यही कारण पछिल्ला दिनमा लगातार वर्षा भइरहेको हो।

प्रकाशित मिति : २०८२, १३ कार्तिक बिहीबार  १० : १५ बजे

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १