२०८३, २० जेष्ठ बिहीबार

नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र आम एकताका लागि महाधिवेशन आवश्यक : नेता पौडेल

नेपाली कांग्रेसमा रुपान्तरण, पुस्तान्तरण र आम एकताका लागि महाधिवेशन आवश्यक : नेता पौडेल


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीभित्र रुपान्तरण र पुस्तान्तरणसहितका मुद्दा सम्बोधन गर्दै आम एकता कायम गर्न नियमित महाधिवेशन आवश्यक रहेको बताएका छन्।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत जारी भिडियो वक्तव्यमा उनले भने कि केन्द्रीय समिति बैठकमा आम कार्यकर्ताको भावना र जेनजी आन्दोलनका क्रममा उठेका मुद्दा समेटेर नियमित महाधिवेशन गर्ने विस्तृत प्रस्ताव प्रस्तुत गरेको जानकारी दिएका छन्।

पौडेलले भने,

“अहिले उठेका रुपान्तरण र पुस्तान्तरणका तमाम मुद्दा सम्बोधन गर्दै आम कार्यकर्ताको मनोबल उच्च पारेर पार्टीलाई आगामी आम निर्वाचनमा प्रभावकारी नतिजा दिन नियमित महाधिवेशन आवश्यक छ। मैले जारी केन्द्रीय समिति बैठकमा विस्तृत लिखित प्रस्ताव प्रस्तुत गरिसकेको छु।”

वर्तमान कार्य समितिको म्याद थप्ने विषयमा उनले असहमति जनाउँदै,

“म्याद थप्ने कुरामा मेरो समर्थन छैन। समयमै अधिवेशन सम्पन्न गर्न हामी सबै लागौं।”

पौडेलले महाधिवेशनको माध्यमबाट आन्तरिक विवाद समाधान हुने र पार्टीभित्र आम एकता कायम हुने बताएका छन्। उनले जोड दिए,

“कांग्रेस भित्र एकता कायम गर्न, आन्तरिक विवाद अन्त्य गर्न र विधिसम्मत ढङ्गबाट समाधान गर्न महाधिवेशन मात्रै उपाय हो। यहीले पार्टीभित्र आम एकता सुनिश्चित गर्छ।”

उनले आगामी महाधिवेशनले जेनजी आन्दोलनको भावना समेट्दै नीतिगत स्पष्टता र पार्टीको स्थायित्व दुवै सुनिश्चित गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, १२ कार्तिक बुधबार  ११ : २१ बजे

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल

मन्त्रिपरिषद्का ४ महत्वपूर्ण निर्णय सार्वजनिक, वातावरणदेखि सुरक्षा र भूमि व्यवस्थापनसम्म

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार महत्वपूर्ण निर्णय