२०८३, ११ श्रावण मंगलबार

आजको मौसम : देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम : देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको प्रभाव सक्रिय रहेको छ।

यस प्रभावका कारण अहिले गण्डकी प्रदेशका केही स्थानहरू, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका अन्य पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

आज राति देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। महाशाखाले विशेषगरी बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने चेतावनी दिएको छ। कोशी, बागमती र मधेश प्रदेशका महाभारत र चुरे क्षेत्रमा बग्ने साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

वर्षा र हिमपातका कारण पहिरो, सडक तथा हवाई यातायात अवरोध, कृषि र पर्यटन गतिविधिमा असर पर्न सक्ने सम्भावना रहेको विभागको पूर्वानुमान छ।

प्रकाशित मिति : २०८२, १२ कार्तिक बुधबार  ११ : ०४ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि