२०८३, २७ भाद्र आईतबार

हिमपातमा फसेका १५०० जनाको सेनाद्वारा सफल उद्धार

हिमपातमा फसेका १५०० जनाको सेनाद्वारा सफल उद्धार


काठमाडौं । मनाङ क्षेत्रमा परेको भीषण हिमपातपछि फसेका करिब १५ सय जनाको नेपाली सेनाले सफलतापूर्वक उद्धार गरेको छ।

सैनिक मुख्यालयका अनुसार मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ र हुम्दे क्षेत्रका स्थानीयवासी तथा पर्यटकहरूलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो। उद्धार भएकामध्ये करिब २०० जना विदेशी पर्यटक रहेको बताइएको छ। मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरूको सहयोगमा उद्धार कार्य सम्पन्न गरेको हो ।

सैनिक मुख्यालयका प्रवक्ताले भने, “हिमपातका कारण फसेकाहरूलाई हेलिकप्टर र स्थल मार्ग दुवै माध्यम प्रयोग गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ।” उद्धार कार्यपछि मनाङ क्षेत्रका सम्पर्क अवरुद्ध भएका बाटाहरू क्रमशः खुलाउने प्रयास भइरहेको बताइएको छ।

प्रकाशित मिति : २०८२, १२ कार्तिक बुधबार  १० : ५८ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।