२०८३, १२ कार्तिक बिहीबार

माधव नेपालको पार्टीलाई दालालपूजीवादको आरोप लगाउँदै एमाले प्रवेश गर्न लागे बिपिन सापकोटा

माधव नेपालको पार्टीलाई दालालपूजीवादको आरोप लगाउँदै एमाले प्रवेश गर्न लागे बिपिन सापकोटा


दुबई । नेकपा एकीकृत समाजवादी (नेकपा एस) निकट प्रवासी संगठन “प्रवासी नेपाली एकता मञ्च, युएई” का अध्यक्ष बिपिन सापकोटा आफ्नो मूल पार्टी नेकपा एमालेमा प्रवेश गर्न लागेका छन्।

सापकोटाले पार्टीको वर्तमान नेतृत्व, विशेषगरी माधव नेपालमाथि असन्तोष व्यक्त गर्दै पार्टी परित्याग गर्ने निर्णय गरेका हुन्। उनले माधव नेपाल नेतृत्वको पार्टीलाई “दक्षिणपन्थी अवसरवादमा लिप्त” भएको र “नेपाली कम्युनिष्ट आन्दोलनलाई दालालपूजीवादसँग आत्मसमर्पण गरेको” आरोप लगाएका छन्। सापकोटा लामो समयदेखि प्रवासी नेपाली राजनीतिक क्षेत्रमा सक्रिय छन्। उनी संगठन सुदृढीकरण, कामदार हकहितका अभियान र बामपन्थी एकता प्रवर्द्धनमा अग्रसर रहँदै आएका नेताका रूपमा परिचित छन्।

स्रोतका अनुसार, सापकोटाको एमाले प्रवेशका लागि सबै तयारी पूरा भइसकेको छ र निकट भविष्यमै विशेष कार्यक्रममार्फत औपचारिक घोषणा गरिनेछ। उक्त कार्यक्रममा युएईसहित खाडीका अन्य देशका प्रवासी नेताहरूको पनि सहभागिता रहने जनाइएको छ।

सापकोटाले भने, “मैले सधैं बामपन्थी एकता, संगठन सुदृढीकरण र प्रवासी नेपालीको हितका लागि काम गरेको छु। अहिलेको अवस्थाले त्यस दिशामा अग्रसर हुनुपर्ने आवश्यकता देखियो। मूलधारको कम्युनिष्ट आन्दोलनसँग पुनः जोडिँदै देश र प्रवासी जनताको पक्षमा अझ प्रभावकारी योगदान गर्न चाहन्छु।”

उनको प्रवेशले प्रवासी राजनीतिक वृत्तमा नयाँ समीकरण र उत्साह निर्माण हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, ११ कार्तिक मंगलबार  ५ : २२ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता