२०८२, १४ पुस सोमबार

विप्लवले प्रस्ताव गरे दलको नाम : कम्युनिस्ट पार्टी नेपाल

विप्लवले प्रस्ताव गरे दलको नाम : कम्युनिस्ट पार्टी नेपाल


काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नयाँ दल दर्ताका लागि “कम्युनिस्ट पार्टी नेपाल” नाम प्रस्ताव गरेका छन्। आगामी प्रतिनिधि सभा निर्वाचनमा सहभागिता जनाउने उद्देश्य सहित उक्त दलको दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको हो।

विप्लव समूहका तर्फबाट सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) र कर्णजित बुढा लगायतका नेताहरूले सोमबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन बुझाएका छन्। निवेदनमा विप्लवलाई पार्टीको महासचिव र विश्वकर्मालाई प्रवक्ताका रूपमा उल्लेख गरिएको स्रोतले जनाएको छ। दर्ता निवेदन बुझाएपछि प्रवक्ता विश्वकर्माले भने, “हामी अब सशस्त्र बाटो होइन, जनमत र लोकतान्त्रिक अभ्यासको बाटोबाट अघि बढ्नेछौं। आगामी निर्वाचनमा पार्टीले सक्रिय रूपमा भाग लिनेछ।”

निर्वाचन आयोगका अनुसार हालसम्म १२४ दल दर्ता भइसकेका छन् भने यसपालि थप १७ दलले नयाँ दर्ताका लागि निवेदन दिएका छन्। आयोगले दर्ता निवेदनको अध्ययनपछि नाम स्वीकृत गर्ने वा अस्वीकार गर्ने निर्णय गर्नेछ। आयोगले दल दर्ताको अन्तिम समयसीमा कात्तिक ३० गते तोकेको छ। त्यसअघि विप्लव समूहले निवेदन बुझाएर आफ्नो संगठनलाई औपचारिक रूप दिन थालेको हो।

प्रकाशित मिति : २०८२, ११ कार्तिक मंगलबार  २ : ०८ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले