२०८२, १ फाल्गुन शुक्रबार

भदौ २४ को हमला सुनियोजित, ज्यानै लिने उद्देश्य थियो :देउवा

भदौ २४ को हमला सुनियोजित, ज्यानै लिने उद्देश्य थियो :देउवा


काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गतेको आन्दोलनका क्रममा आफ्नो र परिवारको ज्यानै लिने मनसायले सांघातिक हमला गरिएको बताएका छन्। उनले घटनाहरू आकस्मिक नभएर सुनियोजित भएको बताएका छन्।

केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै देउवाले भने, “गत भद्र २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवारमाथि पनि ज्यानै लिने मनसायले हमला गरियो। घरमा तोडफोड, लुटपाट र आगजनी भयो। सुरक्षाकर्मीको घण्टौंको अथक प्रयासपछि हामी उद्दार गरियौं।”

देउवाले आफ्नो प्रतिष्ठा र छवि गिराउने उद्देश्यले झुटा प्रचार गरिएको दाबी गर्दै घटनालाई व्यक्तिगतभन्दा पनि देश, पद्धति र पार्टीमाथिको आक्रमणको रूपमा लिएका छन्। उनले घटनास्थलमा सुरक्षाकर्मी र शुभचिन्तकहरूको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरे।

उनले भदौ २३–२४ का घटनामा ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जली दिएका छन् र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। कांग्रेसका कार्यालय र करिब ४८ जिल्लाका नेताको घरमा पनि तोडफोड, लुटपाट र आगजनी भएको उनले बताए।

देउवाले राष्ट्रपति रामचन्द्र पौडेलको प्रतिकुल समयमा देखाएको परिपक्व भूमिकाको प्रशंसा गर्दै देशका सबै निकायलाई उच्च मनोबलका साथ काम गर्न आह्वान पनि गरे।

प्रकाशित मिति : २०८२, २८ आश्विन मंगलबार  ३ : ३० बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको