२०८३, २७ भाद्र आईतबार

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा

ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ काे नाफाबाट आफ्ना शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत दरले (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आउँदो वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ। ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४ र २०२५’ तथा युरो मनी अवार्ड फर एक्सलेन्स अन्तर्गत पनि नेपालको सर्वश्रेष्ठ बैंकको उपाधि प्राप्त गरेको छ।

मुलुकका ७७ वटै जिल्लामा सेवा सञ्जाल विस्तार गरेको बैंकका ३५२ शाखा, ३८४ एटिएम र १,००० भन्दा बढी सेवा केन्द्रहरू रहेका छन्। बैंकले नेपालभित्रका साथै अमेरिका, यूके, अष्ट्रेलिया, कोरिया, जापान, खाडी मुलुकलगायतबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ९ : ०६ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।