२०८२, १३ फाल्गुन बुधबार

कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः सुदिप आचार्य नियुक्त, विश्वसनीय र प्रिमियम सेवा प्रदानमा प्रतिबद्ध

कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः सुदिप आचार्य नियुक्त, विश्वसनीय र प्रिमियम सेवा प्रदानमा प्रतिबद्ध


काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य पुनः नियुक्त भएका छन्। बैंकको शुक्रवार सम्पन्न १९ औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको ४०१ औं बैठकले उनलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो। आचार्य यसअघि पनि बैंकको अध्यक्ष पद सम्हालिसकेका छन् र बैंकको नेतृत्वमा उनी स्थिरता, अनुभव र दूरदर्शिता लिएर आउनुभएको छ।

साधारणसभाबाट आगामी चार वर्षका लागि संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी तथा सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका छन्। यसले बैंकको नेतृत्व संरचनामा निरन्तरता र स्थिरता कायम भएको प्रमाण पेश गर्दछ।

बैंकले जनाएको छ कि स्थिर नेतृत्व र अनुभवको बलमा कामना सेवा विकास बैंकले आगामी दिनहरूमा आफ्नो विश्वसनीयता र प्रिमियम सेवा प्रदान गर्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाउनेछ। बैंकले ग्राहक केन्द्रित सेवा, वित्तीय पारदर्शिता र दीर्घकालीन विकासमा जोड दिँदै, बजारमा आफ्नो विशेष स्थान कायम राख्ने लक्ष्य राखेको छ।

यस नियुक्तिले बैंकको रणनीतिक निर्णय, दीर्घकालीन योजना र वित्तीय सेवामा गुणस्तर सुनिश्चित गर्ने दिशामा थप मजबुती ल्याउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२, २५ आश्विन शनिबार  १० : ४३ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको