२०८२, १ फाल्गुन शुक्रबार

दमनकारीलाई उन्मुक्ति दिने सरकार अपारदर्शी र अक्षम : शहीद परिवारको चेतावनी

दमनकारीलाई उन्मुक्ति दिने सरकार अपारदर्शी र अक्षम : शहीद परिवारको चेतावनी


काठमाडौं । जेनजी आन्दोलनका क्रममा शहीद बनेका श्रेयम चौलागाईका पिता गणेश प्रसाद चौलागाईले सरकारप्रति तीव्र आक्रोश पोख्दै दोषीमाथि कारबाही गर्न नसक्ने हो भने तत्काल राजीनामा दिनुपर्ने चेतावनी दिएका छन् ।

सोमबार गृह मन्त्रालयमा छलफलका क्रममा उनले आन्दोलन दमन गर्ने जिम्मेवारमाथि कारबाही नगर्ने सरकारले शहीद परिवारलाई अपमान गरेको आरोप लगाए।

उनले भने, “यो सरकार बन्नुको कारणै दोषीलाई कारबाही गर्नु हो। यदि कारबाही गर्नै सक्दैन भने कुर्सी छाडिदिए हुन्छ। शहीद परिवार नेतृत्वमा आउँछ, आवश्यक परे देशकै जिम्मा लिन्छ।”

चौलागाईले गोली चलाउने आदेश दिने अधिकारीविरुद्ध किटानी जाहेरी दिन तयार रहेको बताए। साथै, उनले जेनजी आन्दोलनसँग सम्बन्धित व्यक्तिहरुलाई मन्त्रालय र समितिहरूमा कसरी राखिएको छ भन्ने विषयमा स्पष्ट विवरण माग गरे।

११ सदस्यीय वार्ता टोलीमा शहीद परिवारको अनिवार्य सहभागिता हुनुपर्ने माग राख्दै उनले सरकार र जेनजी प्रतिनिधिहरू दुवैप्रति असन्तोष व्यक्त गरे।

“यदि माग पुरा भएन भने हामी सिंहदरबारमै धर्ना बस्छौं,” उनले चेतावनी दिए।

शहीद परिवारले दोषीमाथि कारबाहीमा ढिलासुस्ती गर्ने सरकार जनतालाई धोका दिन खोजिरहेको भन्दै दबाब आन्दोलनलाई अझ तीव्र बनाउन तयारी थालेका छन्।

प्रकाशित मिति : २०८२, २० आश्विन सोमबार  ४ : ३८ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको