२०८३, १४ जेष्ठ शुक्रबार

गृह मन्त्रालयको ८ बुँदे निर्देशन : तीन दिन लामो दूरीका सवारी बन्द

गृह मन्त्रालयको ८ बुँदे निर्देशन : तीन दिन लामो दूरीका सवारी बन्द

सीडीओ र प्रहरी प्रमुखलाई २४ घण्टा सतर्क रहन आदेश



काठमाडौं । असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरणका लागि ८ बुँदे निर्देशन जारी गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा शनिबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र पठाउँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको हो। परिपत्रमा काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सबै लामो दूरीका सवारी साधन असोज १८, १९ र २० गतेका लागि बन्द गर्न निर्देशन दिइएको छ। साथै, सवारी साधन रोक्ने कार्यको अनुगमन र निगरानी पनि गर्न भनिएको छ। मन्त्रालयको निर्देशनअनुसार, राजमार्गमा रोकिएका सवारी साधनलाई सडक र मौसमको अवस्था हेरेर गन्तव्यसम्म पुर्‍याउने व्यवस्था मिलाउनुपर्नेछ। यात्रुहरूलाई खानपानको सुविधा स्थानीय तह र संघसंस्थासँगको समन्वयमा उपलब्ध गराउन भनिएको छ।

गर्भवती महिला तथा आकस्मिक स्वास्थ्य सेवाका लागि विशेष व्यवस्था गर्नसमेत परिपत्रमा उल्लेख गरिएको छ। एम्वुलेन्समार्फत नजिकको बर्थिङ सेन्टरसम्म सुरक्षितरूपमा पुर्‍याउनुपर्ने व्यवस्था गर्न प्रशासनलाई आदेश दिइएको छ। साथै, बाढी–पहिरोको जोखिममा रहेका बस्तीहरूलाई तत्काल सुरक्षित स्थान-विद्यालय वा खुला स्थान-मा सार्नुपर्ने स्पष्ट निर्देशन दिइएको छ। मौसमका कारण हवाई उडान स्थगित भई यात्रुहरू विमानस्थलमै रोकिएका अवस्थामा उनीहरूलाई यातायात व्यवसायीसँगको समन्वयमा गन्तव्यसम्म पुर्‍याउनुपर्ने बताइएको छ।

यदि बाढी-पहिरोका कारण आकस्मिक उद्धार गर्नुपर्ने अवस्था आयो भने हेलिकप्टरमार्फत उद्धार गर्न गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखासँग सम्पर्क गर्न भनिएको छ। सबै जिल्ला प्रशासन प्रमुख (सीडीओ), नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूलाई २४ सै घण्टा कार्यालयमा उपलब्ध रहने व्यवस्था मिलाउन आदेश दिइएको छ। साथै, विपद् व्यवस्थापनसम्बन्धी सबै प्रगति विवरण मन्त्रालयको विपद् तथा द्वन्द व्यवस्थापन महाशाखामा नियमित रूपमा पठाउन पनि भनिएको छ।

गृह मन्त्रालयले यो निर्देशन तुरुन्त कार्यान्वयनमा ल्याउन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गर्दै, स्थानीय तहसँगको सक्रिय समन्वयमा उद्धार, राहत र जोखिम न्यूनीकरणको कार्य अघि बढाउन निर्देशन दिएको छ।

प्रकाशित मिति : २०८२, १८ आश्विन शनिबार  ८ : ५५ बजे

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण