२०८३, १२ कार्तिक बिहीबार

डिजिटल रुपान्तरणमा ‘मबिल’ : बिल तिर्नदेखि व्यवस्थापनसम्मका काममा सहज

डिजिटल रुपान्तरणमा ‘मबिल’ : बिल तिर्नदेखि व्यवस्थापनसम्मका काममा सहज


काठमाडौं । नेपालका रेष्टुराँ उद्योगदेखि सबै नवप्रवर्तनहरु एवम उद्योग व्यवसाय क्षेत्रमा बिलिङ लगायत सम्पूर्ण व्यवस्थापनका लागि ‘मबिल’ सफ्टवेयर आएको छ । नेपालका आतिथ्य व्यवसायहरूमा डिजिटल रूपान्तरण ल्याउने उत्प्रेरकका रुपमा बिलिङ र इन्वेन्टरी व्यवस्थापनजस्ता जटिल कार्यलाई सजिलो बनाउन र उत्कृष्ट भोजन अनुभव दिन ध्यान केन्द्रित गर्न यस्तो सफ्वेयर विकास गरिएको हो ।

‘मबिल’ सम्पूर्ण रेष्टुराँ प्वाइन्ट अफ सेल र बिलिङ सफ्टवेयर ‘थ्री जेनजी ग्रुप अफ स्टार्टअप’ ले नेपाल टेक मार्केटको मार्गदर्शनमा विकास गरेको सफ्टवेयरले आतिथ्य व्यवसायलाई सञ्चालन गर्ने तरिकामा क्रान्ति ल्याउने अपेक्षा गरेको छ । प्रयोगकर्ता–मैत्री इन्टरफेस र शक्तिशाली विशेषतासहित सफ्टवेयर स्थापित  रेष्टुरेन्टदेखि नयाँ उद्यमीहरूसम्म सबैका लागि प्रविधिलाई अझ सजिलो र किफायती बनाउने बताइएको छ ।

‘मबिल’ केवल बिलिङ सफ्टवेयर मात्र होइन, यो एक सम्पूर्ण रेष्टुरेन्ट व्यवस्थापन समाधान हो । जसले सञ्चालनलाई सजिलो र कार्यक्षमता बढाउने काम गर्छ । यसको प्रमुख सुविधाहरू नेपाली रेष्टुराँहरूले भोग्ने समस्या र आवश्यकतालाई लक्षित गरेर तयार गरिएका छन्,’ विज्ञप्तिमा भनिएको छ । ‘मबिल’ ले छिटो, सजिलो र भरपर्दो बिलिङ प्रक्रिया उपलब्ध गराउँछ । यसले ग्राहक सन्तुष्टि बढाउनुका साथै व्यस्त समयमा पनि कामलाई सहज बनाउँछ । ‘मबिल’ मोबाइल एपमार्फत अर्डर लिनु र व्यवस्थापन गर्नु सहज र वेटरले टेबलमै अर्डर इनपुट गर्दा किचनमा तुरुन्तै पठाइन्छ, जसले सेवा छिटो र सही बनाउँछ ।

यस्तो प्रणालीले प्रयोगकर्तालाई सामान्य लेजरहरू अभिलेख गराई,  भौचर प्रविष्ट गर्न सुविधा प्रदान गर्दछ । यसले रेस्टुरेन्टको सम्पूर्ण आय र खर्च ट्रयाक गर्छ र ट्रायल ब्यालेन्स, आय विवरण जस्ता लेखा प्रतिवेदनहरू स्वचालित रूपमा तयार गर्छ ।

‘मबिल’ को स्टक व्यवस्थापन प्रणालीले सामग्री सजिलै ट्रयाक गर्छ र स्टक कम हुँदा वास्तविक–समय सूचना दिन्छ । यसले निर्णय क्षमता बढाउँछ र आपूर्ति–मागमा सन्तुलन कायम राख्छ । यसले मूल्य, दैनिक विशेष मेनु वा उपलब्धता तुरुन्तै परिवर्तन गर्न सजिलो बनाउँछ, जसका लागि मेनु पुनः छपाइ गर्नुपर्ने आवश्यक नपर्ने निर्माण कम्पनीको दाबी छ । ‘मबिल’ नेपाल टेक मार्केटको उत्पादन हो । नेपाल टेक मार्केटले विहीबार मात्र म–बिल सार्वजनिक गरेको हो । नेपाल टेक मार्केटका आईसीटीविज्ञ चिरञ्जीवी अधिकारीले यो सफ्टवेयर उपयोगी भएको दाबी गर्छन् ।

सीटीओ मंगल कृष्ण प्रधान सहितको विकास टोलीले ‘नवीनतम प्रविधि’ को उपयोग गर्दै ‘प्रयोगकर्ता मैत्री अनुभव’ सिर्जना गरेको हो । यो परियोजना नेपालमा जेन–जेड पुस्ताले गरेको व्यवसायिक आन्दोलनको उदाहरणका रुपमा लिइएको छ । जसले ‘स्थानीय रूपमा कार्य, विश्वव्यापी रूपमा सोच’ भन्ने दर्शनलाई आत्मसात गरेको छ ।

यसले बिलिङ र इन्वेन्टरी व्यवस्थापनजस्ता जटिल कार्यलाई सजिलो बनाउन मद्दत गर्नेछ ।

प्रकाशित मिति : २०८२, ९ आश्विन बिहीबार  ३ : ५३ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल