२०८३, २७ भाद्र आईतबार

दक्षिण चीनमा शक्तिशाली आँधी ‘रगासा’को कहर, लाखौं मानिस विस्थापित

दक्षिण चीनमा शक्तिशाली आँधी ‘रगासा’को कहर, लाखौं मानिस विस्थापित


काठमाडौं । दक्षिण चीनका विभिन्न प्रदेशमा आएको शक्तिशाली सामुन्द्रिक आँधी ‘रगासा’ ले व्यापक क्षति पुर्‍याएको छ। बुधबार दिउँसो ग्वाङ्डोङ प्रान्तको तटीय क्षेत्रमा प्रवेश गरेको यस आँधीले भीषण हावा र मुसलधारे वर्षा गराएको हो।

यो वर्षको १८ औँ र अहिलेसम्मकै शक्तिशाली मानिएको आँधी सोमबार राति दक्षिण चीन सागर हुँदै करिब २० किलोमिटर प्रतिघण्टाको गतिमा ग्वाङ्डोङ तटमा प्रवेश गरेको थियो। ग्वाङ्डोङ प्रान्तीय आपतकालीन विभागका अनुसार आँधी आउनुअघि नै करिब १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। ८० हजारभन्दा बढी माछा मार्ने डुङ्गा बन्दरगाहमा बाँधिएका छन् भने १२ हजार २ सयभन्दा बढी समुद्री कामदारलाई किनारमा सुरक्षित राखिएको छ। यसबीच, केन्द्रीय सरकारले आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ।

हाइनान प्रान्तमा द्रुतगति रेल सेवा र हवाई उडान रोकिएका छन् भने ग्वाङ्सी झुआङ क्षेत्रमा पर्यटकलाई वेइझोउ टापुदेखि हटाइएको छ। त्यस्तै, हङकङमा विद्यालय र यातायात सेवा बन्द गरिएका छन् भने मकाउमा तल्लो भू–भाग डुबान भएपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।

चीनको केन्द्रीय मौसम विज्ञान वेधशालाले बिहीबारदेखि ग्वाङ्डोङ तटमा आँधीको तीव्रता घट्दै जाने र वर्षा पश्चिमतर्फ सर्ने अनुमान गरेको छ। यसले ग्वाङ्सी क्षेत्रमा ठूलो असर पार्ने सम्भावना रहेको जनाइएको छ। साथै, सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, सम्भावित बाढी तथा पहिरोप्रति सतर्क रहन आग्रह गरिएको छ। प्रभावित हुन सक्ने अन्य प्रान्तहरूमा युनान, गुइझोउ, जियाङसु, फुजियान र झेजियाङ रहेका छन्।

प्रकाशित मिति : २०८२, ९ आश्विन बिहीबार  ११ : ०५ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।