२०८३, ३० असार बुधबार

असोज २९ देखि १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

असोज २९ देखि १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी


ललितपुर । आउँदो तिहार र छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा १८ औं गोदावरी पुष्प मेला तथा प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नारासहित मेला यही असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेलमैदानमा आयोजना हुने फ्यानका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जन ले जानकारी दिए ।

प्रदर्शनीमा ८० व्यावसायिक स्टल, ३ सूचनामूलक, १ प्रतिस्पर्धा र १ सेल्फी स्टल सहित कुल ८५ वटा स्टल रहनेछन् । गोदावरीका नयाँ प्रजातिहरूसहित सयपत्री, मखमली, मौसमी फूल, बिउबिजन, मलखाद र कृषि औजारसमेत बिक्री–प्रदर्शनीमा राखिनेछ । पाँच दिनसम्म चल्ने प्रदर्शनी बिहान ९ बजेदेखि साँझ ५:३० बजेसम्म सञ्चालन हुनेछ । यस अवधिमा ४२ हजारभन्दा बढी अवलोकनकर्ता आउने र करिब १ करोड २० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

यसपटक पनि गोदावरीका ४ विधा (मिनियचर, रिफ्लेक्स, स्पाइडर र इन्कर्भ) मा प्रतियोगिता हुनेछ । विजयी नर्सरी वा फर्मलाई शिल्ड, नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । साथै, कट–फ्लावर विधा र स्टल सजावटतर्फ पनि उत्कृष्टलाई पुरस्कार दिइनेछ । फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठ ले प्रदर्शनीले पुष्प व्यवसायीलाई प्रोत्साहन गर्ने, प्रतिस्पर्धात्मक भावना बढाउने र गुणस्तरीय उत्पादनमा टेवा पुर्‍याउने बताए । उनका अनुसार हाल उत्पादक किसानहरूको बजार क्षेत्र सीमित भएकाले यस किसिमको प्रदर्शनीले बजार विस्तारमा टेवा पुग्नेछ ।

प्रवेश शुल्कतर्फ विद्यार्थीका लागि १०० रुपैयाँ, सर्वसाधारणका लागि १५० रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिकलाई नागरिकता वा परिचयपत्रसहित निःशुल्क प्रवेश दिइने फ्यानका कोषाध्यक्ष राजकृष्ण बजगाईँ ले जानकारी दिए । नेपालमा पुष्प व्यवसाय वि.सं. २०११ सालदेखि सामान्य स्तरमा शुरु भए पनि अहिले सातै प्रदेशका मुख्य शहरहरूमा फैलिँदै गएको फ्यानले जनाएको छ ।

प्रकाशित मिति : २०८२, ९ आश्विन बिहीबार  १० : ३१ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै